RBN Online खबर

मन्थली माविका विद्यार्थीद्वारा बाढीपीडितका लागि ११ हजार बढी सहयोग

मन्थली, रामेछाप ।
रामेछापको मन्थली माध्यमिक विद्यालयका विद्यार्थीहरूले बाढीपीडितको राहत तथा उद्धारका लागि आर्थिक सहयोग जुटाएका छन्। विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूबाट संकलित कुल रु. ११,६१५/- (एघार हजार छ सय पन्ध्र) रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

​विपदको यस कठिन घडीमा सामाजिक उत्तरदायित्व बोध गर्दै विद्यार्थी समीर खड्काको प्रस्ताव तथा पहलमा रकम संकलन अभियान सञ्चालन गरिएको थियो। उक्त अभियानलाई विद्यालयका सहायक प्रधानाध्यापक सुरेन्द्र केसीले सहजीकरण गर्नुभएको हो।

​विद्यार्थीहरूले आपसमा संकलन गरेको रकम Global IME Bank मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको छ।
​विद्यार्थीहरूले देखाएको यस मानवीय भावना र कार्यप्रति मन्थली मावि परिवारले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। विद्यालय प्रशासनले “सानो सहयोग, ठूलो मानवता”को सन्देश दिँदै संकटको समयमा सहयोग गर्ने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको प्रशंसा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top