काठमाडौं । नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष बालकुमार विश्वकर्मा (सुमन) नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशको वस्तुगत परिषद् सदस्यमा मनोनीत भएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशका अध्यक्ष वेदबहादुर श्रेष्ठले महासंघको विधान तथा प्रदेशको नियमावलीअनुसार गठन गरिएको विषयगत समितिअन्तर्गत वस्तुगत परिषद्को सदस्य पदमा विश्वकर्मालाई मनोनयन गरेका हुन्।
महासंघ बागमती प्रदेशले औपचारिक पत्रमार्फत मनोनयनको जानकारी गराउँदै प्रदेशको उद्योग तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित समस्या, सम्भावना, नीतिगत विषयमा छलफल, सुझाव तथा सहकार्यका लागि उनको सक्रिय सहभागिताको अपेक्षा गरेको छ।
लामो समयदेखि सुनचाँदी कला व्यवसायको विकास, व्यवसायीहरूको हकहित तथा व्यावसायिक एकताका क्षेत्रमा क्रियाशील विश्वकर्माको मनोनयनलाई सुनचाँदी व्यवसाय क्षेत्रको प्रतिनिधित्व र संस्थागत सहभागिताका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
उनको यस जिम्मेवारीले सुनचाँदी कला व्यवसायको प्रवर्द्धन, व्यवसायीका समस्या समाधान, नीतिगत सुधार तथा समग्र निजी क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?













