RBN Online खबर

कोटेश्वर क्याम्पसको स्ववियु निर्वाचन अध्यक्ष मा नेविसंघ बाट संजय बुढाथोकी सर्वसम्मत चयन

RBN ONLINE खबर

२०७९ चैत १०

काठमाडौं ।  शुक्रबार कोटेश्वर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन मा अध्यक्ष पद मा  नेविसंघ बाट संजय बुढाथोकी सर्वसम्मत चयन भएका छन।\"\"

बुढाथोकी सर्वसम्मत चयन भए पछि सामाजिक सञ्जाल Facebook मा मा यस्तो लेख्छन: एउटा खुड्किला पार गरेको छु, सधैं विद्यार्थी साथीहरूको सेवामा अझै उर्जाशील भएर अग्रपंक्तिमा रहेर काम गर्ने छु सबैमा धन्यवाद जय नेपाल ????

\"\"

आज क्याम्पसमा बसेको सर्वपक्षीय विद्यार्थी संगठनको बैठकले नेविसंघका संजय बुढाथोकी लाई सर्वसम्मत रुपमा चयन गरे को छ।

कोटेश्वर क्याम्पसमा बसेको सर्वपक्षीय विद्यार्थी संगठनको बैठकले अन्य पदाधिकारी पनि टुङ्गो लगाई सके को छ ।

\"\"

आज बसेको बैठकबाट उपाध्‍यक्षमा अखिल क्रान्तिकारीका सागर पराजुली लाई चयन गरियको छ । यस्तै सचिव पद को लागी अनेरास्ववियुका रामकृष्ण थापा  सर्वसम्मत चयन भएका छन्। भने सहसचिवमा अनेरास्ववियुकी शर्मिला भण्डारी लाई चयन गरियको छ।

\"\" \"\"

यसै गरि कोषाध्यक्षमा अनेरास्ववियुका शैलेन्द्र श्रेष्ठ सर्वसम्मतिले चयन भएका छन।

यस्तै स्ववियु सदस्य हरू मा नेविसंघका ( क्रमशः  आशिश कार्की, आरती ढकाल, प्रदीप कार्की र सन्तोष घर्ती मगर सदस्‍यमा चयन भएका हुन ।

\"\"

यस्तै अनेरास्ववियुका (क्रमशः रामजेश कुमार गुप्ता, प्रेमराज रेग्मी, सुशील दाहाल र नवराज देवकोटा सर्वसम्मत रुपमा चयन भएका छन् ।

यस्तै गरि क्याम्पस मा (अखिल क्रान्तिकारी विप्लव समूहका)  मिठु टमाटा, (अखिल क्रान्तिकारी) की अप्सरा बस्‍नेत, रविना थापा मगर र सरला बस्‍नेत र (अनेरास्ववियू) का खेमराज ढुंगाना, सरोज श्रेष्ठ, विनीता फुयाँल र सञ्जु भट्ट स्ववियु सदस्यमा सर्वसम्मत रुपमा चयन भएका हुन ।

\"\"

 \"\"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top