RBN Online खबर

श्री चण्डेश्वरी माबि. गोठपानी ले ५९औं राष्ट्रिय बालदिवस र तिज बिशेष कार्यक्रम धुमधासंग मनाएका छन्।

RBN ONLINE खबर

२०८०भदौ २९ गते

रामेछाप | रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाँऊ, गोठपानी मा अवस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालय ले भदौ २९ गते धुमधासंग बिभिन्न कार्यक्रम गरि ५९औं राष्ट्रिय बालदिवस ,तिज बिशेष कार्यक्रम र कक्षा-११ का बिद्यार्थीहरू लाई स्वागत कार्यक्रम भब्यताको साथ  मनायको छ ।

कार्यक्रम औपचारिक रूप मा यसै बिद्यालय का शिक्षक श्री ऊँ प्रकाश कार्की ले कार्यक्रम संचालक गर्नु भयको थियो भने सभाअध्यक्ष यसै बिद्यालय का बिद्यालय ब्यवस्थापन समिति का अध्यक्ष श्री तोप बहादुर थापा ज्यु ले अध्यक्षता गर्हन गर्नु भयको थियो । कार्यक्रम मा बिद्यार्थी सहित अभिभावक को पनि बाक्ले उपस्थिति थियो ।

कार्यक्रम मा बेलुन फुटाई, म्युजिकल चियर,  चक्लेट दौड, बक्तृत्व कला , बिभिन्न नृत्य प्रस्तुत, गायन , कक्षा ११ लाई स्वागत, खिर खाने लगायत बिभित कार्यक्रम हरू गरेर बालदिवस तथा तिज बिशेष कार्यक्रम सम्पन्न गरेका छन् ।

बक्तत्व कला प्रतियोगिता कार्यक्रम मा प्रथम बिना पुलामि मगर द्वितीय रामचन्द्र कार्की तृतीय रोशन तामाङ र प्रोत्साहन  मनोज श्रेष्ठभयका छन् तेसै गरि सहभागी हरू ज्ञानी बस्नेत, सागर श्रेष्ठ, प्रबिना श्रेष्ठ र सुबिन मगर गरि जम्मा ८ जना मा प्रतिस्पर्धा रहेको थियो । भने निर्णायक मङ्डल मा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तोप बहादुर थापा , शिक्षक लेखनाथ दाहाल र नेपाली शिक्षक बिक्रम महरा ले निर्णायक को भुमिका निर्वाह गर्नु भयको थियो ।

तेयसैगरि बेलुन फुटाई खेल कक्षा १ देखि ३ कक्षा सम्मलाई खेल मा प्रथम बिपासा सार्की दितीय सन्जिता सार्की र कामना मगर तृतीय भयका छन्।

म्युजिकल चियर खेल कक्षा ४ र ५ मा प्रथम सुस्मा श्रेष्ठ दितीय अङ्कित श्रेष्ठ र तृतीय लाल बहादुर बस्नेत भयका छन्।

तेसै गरी चक्लेट दौड कक्षा ६ देखि कक्षा ८ सम्म का लागि खेल मा प्रथम ओसन मगर द्वितीय सागर मगर  र तृतीय किरण सार्की भयका छन् ।

तेस्तै अन्य बिबिध कार्यक्रम हरू सहित धुमधामसंग यस बर्ष को बालदिवस तथा तिज बिशेष कार्यक्रम सम्पन्न गरे को छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top