२०८० कार्तिक १९ गते
काठमाडौं | आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भएकाे छ । सुपर ओभरमा ओमानले दिएकाे २२ रनकाे लक्ष्य पछ्याएकाे नेपालले १० रनमात्र बनाउन सक्याे ।
आज आइतवार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनमात्र बनाउन सक्याे । अन्तिम ओभरमा ८ रन चाहिएकाे अवस्थामा ओमानले ७ रनमात्र बनाएपछि खेल सुपर ओभरमा पुगेकाे हाे । ओमानका काश्यप प्रजापतिले सर्वाधिक ६३ रन बनाए । यस्तै अकिब इलियासले ३३ र कप्तान जेशान मक्सूदले २६ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनायाे । नेपालका गुलसन झाले सर्वाधिक ५४ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१ र करण केसीले नटआउट २० रन बनाए । बलिङतर्फ ओमानका बिलाल खानले ३ र अकिब इलियासले २ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?