RBN Online खबर

‘समयको पीडा’ नामक नाटक आजबाट शुरू

RBN ONLINE खबर

२०८० माघ १० बुधार

काठमाडौँ । ‘समयको पीडा’ नामक नाटक आजबाट शुरू भएको छ । सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा नाटक आजबाट माघ १० गतेदेखि २२ गतेसम्म नाटक मञ्चन हुने छ । रातोपुल स्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा आज बुधार बाट मञ्चन भएको हो ।

कलाशी प्रोडक्शन हाउस प्रा.लीको प्रस्तुतिमा रहेको नाटक साहित्यकार पद्यावती सिंहको कथा ‘समयको पीडा’ को नाट्य रूपान्तरण रहेको निर्देशक सुन्दर धितालले बताउनुभयो । नाटकमा रोजगारी को लागि नेपालबाट विदेशिएका नेपालीहरु नफर्केपछि एक्लिएका बा-आमाको पीडालाई नाटकमा समावेश गरिएको छ । समय जति बित्यो उमेर बढ्दै जान्छ । उमेर सँगै आफ्नो सन्तती पनि घट्ने रहेछन् । यो साच्चै नै समाजको मात्र होइन सिङ्गो देशमा समयको पीडा हो भन्ने सन्देश नाटकमा रहेको छ ।

नाटक विद्यालय बुकिङ शोका रूपमा अगाडि बढाउने तयारी रहेको सगुन पोख्रेलले बताउनुभयो । उहाँले विद्यालयहरूको बुकिङ अनुसार नाटकका विभिन्न शोहरू प्रस्तुत गरिने जानकारी दिनुभयो । पाठ्यक्रममा आधारित कथा वस्तुमा समावेश नाटक भएकाले यसलाई विद्यार्थी केन्द्रीत गरिएको पोख्रेलले बताउनुभयो ।

नाटकमा विशाल देवकोटा (रामनाथ), संगीता थापा (आनन्दी), अर्जुन दुलाल (जेठो छोरो), अन्जसा रिजाल (बुहारी), उन्नत उप्रेती (कान्छो छोरो), सगुन पोखरेल (छोरी), रोहित श्रेष्ठ (ज्वाइँ), पुणर् गन्धर्व (साथी), नवीन प्याकुरेल (सेवक), कपिल दिप काफ्ले (पसले) र विपिन जैसवाल डाक्टर पात्रको भूमिकामा रहनु भएको छ ।

कथा कक्षा ९ को अनिवार्य नेपाली विषयमा समावेश रहेको ‘समय पीडा’ को रुपान्तरण रूप हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top