RBN Online खबर

नेवि संघ केन्द्रिय कार्यसमितिले पूर्वाञ्चल विश्वविद्यालय सुधारका लागी बृहत हस्ताक्षर संकलन

२०८१ असार २ गते

नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिले पूर्वाञ्चल विश्वविद्यालय सुधारका लागी बृहत हस्ताक्षर संकलन कार्यक्रमको थालनी गरेको छ।

पुर्वान्चल विश्वविद्यालयको ३५ औं सभा बैठक बाट पारित भएको छ।

विश्वविद्यालयद्रारा विभिन्न संकाय अन्तर्गत संचालित शैक्षिक कार्यक्रमहरु अध्ययन गरि निर्धारित समयमा शैक्षिक कार्यक्रममा अनुत्तीर्ण भएका विद्यार्थीहरु लाई एकपटकका लागी विशेष मौका परिक्षा लिने र समानताको सिद्धान्त अनुरुप विश्वविद्यालयका सबै संकाय अन्तर्गत बार्षिक र सेमेष्टर प्रणालीमा संचालित स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा नियमित परिक्षामा अनुत्तीर्ण हुने परीक्षार्थीहरूका लागी समेत मौका परिक्षाको सुबिधा उपलब्ध गराउने भन्ने निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिले आज बाट पुर्वान्चल विश्वविद्यालयको चक्रवर्ती ल कलेज, पुर्वान्चल केन्द्रिय क्याम्पस, कान्तिपुर सिटि कलेज, हिकास्ट हेल्थ साइन्स कलेज, एक्मि इन्जिनियरिङ कलेज लगायतका सम्पुर्ण पुर्वान्चल विश्वविद्यालय बाट सम्बन्धन प्राप्त कलेजहरुमा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य अभिनव सिंह राठौरको नेतृत्वमा हस्ताक्षर संकलन अभियानको गरि पुर्वान्चल विश्वविद्यालय सुधारको थालनी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top