२०८१ साउन ८ गते
काठमाडौँ । गायक हरि खत्री र सिलु भट्टराईले तीज कोशेली ‘मेरो पुतली ’ बजारमा ल्याएका छन् । यो गीत लोमस शर्मा अफीसीयल युट्युब च्यानलमा सार्बजनिक गरिएको छ। चर्चित गायक गायक हरि खत्रीले सिलुलाई आवाजमा साथ दिएका छन । ज्ञानराज पोख्रेलको शब्द सिर्जनामा तयार भएको यो तिज भाकामा संगीत गायक हरि खत्रीको रहेको बिक्रम चौहानले निर्देशन गरेको यो गितमा मोफसलका चर्चित फेसन कोरियोग्राफर अन्जान कुँवर ,करिष्मा ढकाल, लोमश शर्मा र किर्पा पौडेलको अभिनय रहेको छ भने यस गितको छायांकन महेश महराले गरेका हुन् । यस गीतको सम्पादन B .star Films मा गरिएको हो ।
फेसन कोरियोग्राफीमा छुट्टै पहिचान बनाएका अन्जान कुँवरले यो तीज गीत बाट आफ्नो आभिनय यात्रा सुरु गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?