RBN Online खबर

रामेछापको धोबीमा पहिरोले एक घर बगायो

२०८१ साउन १६ गते

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका धोबीमा निरन्तर वर्षाका कारण एक घर बगाएको छ।

निरन्तर वर्षाले पहिरो खस्दा स्थानीय सहदेव खड्काको घर आज बिहानै पहिरोले बगाएको जानकारी प्राप्त भएको छ ।

पहिरोले घर बगाउँदा घरमा भएको धनमालसहित सम्पूर्ण लत्ता कपडा पहिरोले पुरिएको र अहिले उद्धारकार्य जारी रहेको छ।
बिहानै उठेर घरका सदस्यहरू बाँदर धपाउन गएको बेला पहिरोले घर बगाएको इलाका प्रहरी कार्यालय धोबीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top