RBN Online खबर

रामेछाप दाेरम्बा शैलुङ्मकाे लेखर्कमा गएकाे पहिराेमा परि २ काे मृत्यु ११ बेपत्ता

RBN ONLINE खबर

२०८१ भदौ ९ गते

रामेछाप। रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोले ४ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ । पहिरोमा ११ जना बेपत्ता भएको आशंका गरिएको छ । पहिरोले अँधेरीखोलाको पुल पनि बगाएको छ ।

आज बिहान ३ः३५ बजे पहिरोले गाउँमा क्षति पुर्‍याएको सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको थियो । त्यसअघि नै टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको थियो । तर बाटोमा पर्ने अँधेरी खोलाको पुल पनि भत्किएकाले प्रहरीहरु घटनास्थल पुग्न ढिलो भएको थियो । पहिरोले क्षति पुर्‍याएको लेकखर्काको बस्ती भिरालो जमिनमा रहेको र शनिवार राती देखि आइतबार बिहान सम्म निरन्तर भारी वर्षाको कारण गाउँ नै बगाएको हो।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेका अनुसार घटनास्थलबाट विस्तृत विवरण आउन बाँकी छ ।

हाल स्थानीय बासिन्दा र नेपाल प्रहरीले उद्धार कार्य जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top