RBN Online खबर

दाेरम्बा शैलुङ्मकाे लेखर्कमा गएकाे पहिराेमा ६ जान मृत भेटिए अझै ४ बेपत्ता

RBN ONLINE खबर

२०८१ भदौ ९ गते

रामेछाप। रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोले ४ वटा घर बगाउँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। पहिरोमा अझै ४ जना बेपत्ता रहेका छन् ।

उक्त घटनामा सोही ठाउँका ११ वर्षीय अन्जना श्रेष्ठ घाइते भएकी छिन् । उनको कम्मर भन्दा मुनिको भाग नचल्ने भएको जिल्ला प्रहरी कार्यालय रामेछापले घटनास्थलमा खटिएका  इलाका प्रहरी कार्यालय टोकरपुरका प्रहरी निरीक्षक सानुकान्छा रम्तेललाई उदृत गर्दै बताएको छ । 

गम्भीर घाइते श्रेष्ठलाई  उपचार गर्नको लागि दोरम्बा स्वास्थ्य चौकीबाट चिकित्सक बोलाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए । उनका अनुसार उक्त पहिरोमा परि दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ लेखखर्क बस्ने ३० वर्षीय चण्डिका श्रेष्ठ र सोही ठाउँका १८ महिनाका नाबालक आमुष श्रेष्ठको मृत्यु भएको छ । 

त्यस्तै सोही ठाउँका ५७ वर्षीय उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरीलाई मृत अवस्थामा फेला पारिएको जिप्रकाले जानकारी दिएको छ।

अहिले घटनास्थलमा रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहसहित ११ जनाको टोली, नेपाली सेता, सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा खोजी उद्धारको काम जारी रहेको जानकारी गराएका छन् ।

मृत्यु हुनेमा सोही स्थानका निम्न रहेका छन्।

•  बर्ष३० की चण्डिका श्रेष्ठ
• १८ महिनाको बालक आमुष श्रेष्ठ
• बर्ष बर्ष ५७ कि उर्मिला पहरी
• बस्ने बर्ष ३० को सन्दीप पहरी
• अं ११ को सन्तोष पहरी
• १४ को विज्ञान पहरी

निम्न घाइते

दोरम्बा शैलुङ गा. पा.वाड नं ३ बस्ने बर्ष ११ अन्जना श्रेष्ठ (कम्मर भन्दा मुनिको भाग नचल्ने निजलाई उपचारको लागी दोरम्बा स्वास्थ्य चौकीबाट सम्बन्धित चिकित्सक आउँदै अवस्था बोल्न सक्ने)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top