RBN Online खबर

रामेछापको सुनरपानीमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु पाँचजना घाइते

RBN ONLINE खबर

२०८१ असोज ६ गते

रामेछाप ।रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा बोलेरो गाडी दुर्घटना भएको छ । सदरमुकाम मन्थलीबाट वडा नं ४ सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो ।

गाडी दुर्घटनामा परी वडा नं ४ सालुका वडा सदस्य पदम मायाँ नेपालीको मृत्यु भएको वडा नं ५ का वडाअध्यक्ष नविन कार्की (रबिन) ले बताउनुभयो । उहाँको अनुसार घाइते ५ जनाको उपचार रामेछाप सामुदायिक अस्पतालमा भइरहेको छ ।

घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको उहाँले बताउनुभयो । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top