२०८१ चैत्र ४ गते
काठमाडौं। चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि अखिल (समाजवादी) को तर्फबाट बानेश्वर बहुमुखी क्याम्पसमा ललित टमटाको संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको छ। विभिन्न चालीस बुँदे प्रतिवद्धतापत्र सहित अखिल (समाजवादी) को प्यानल निर्वाचनमा जाने भएको हो।

निर्वाचित भइसके पछि शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउने, छात्रवृत्तिलाई थप व्यवहारिक र पारदर्शी बनाउने, विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न पहल गर्ने लगायतका कामहरु गर्ने संगठनले जनाएको छ।

टमटासंगै सचिबमा कोपिला राई,कोषाध्यक्षमा कृष्ण बहादुर बस्नेत तथा सदस्यहरुमा रोजी अधिकारी, सुरेश थारु, विष्णा विष्ट ,अनिता टमटा,उर्मिला रोकाया,दुर्गा साउद सहितको संयुक्त प्यानल प्रतिस्पर्धामा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?