RBN Online खबर

रामेछाप को कठजोरमा बोलेरो दुर्घटना दुईको जनाको मृत्यु

RBN ONLINE खबर

२०८१ चैत्र २८

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ३ कठजोरमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन । वडा नं ३ कै ऐरमबास भन्ने ठाउँबाट यात्रु लिएर कठजोर जाँदै गरेको बा १६ च ६४७६ नम्बरको बोलेरो दुर्घटना भएको हो ।

दिउँसो अन्दाजी ४ बजेको समयमा बालेरो दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा सोही ठाउँका अन्दाजी वर्ष ६२ का कृष्ण नारायण श्रेष्ठ र अन्दाजी वर्ष १२ की भुमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष कृष्ण गोपाल थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा दर्जन भन्दा बढी यात्रुहरु घाईते भएका छन । घाईते सबैलाई उद्धार गरी उपचारको लागी मन्थली अस्पताल पठाइएको वडाअध्यक्ष थापाले बताउनुभयो । दुर्घटना भएको बोलेरो सडकबाट अन्दाजी २ मिटर तल खसको छ । सडक भासिएर बोलेरो दुर्घटना भएको वडाअध्यक्ष थापाले बताउनुभयो । दुर्घटनाको थप विवरण भने आउन बाँकी रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top