RBN Online खबर

रामेछापबाट निर्वाचित सांसद,ऊर्जा राज्यमन्त्री कान्छाराम बर्खास्त

RBN ONLINE खबर

२०८२ वैशाख १० गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन्।
रामेछापबाट निर्वाचित सांसद एवं ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा पर्नुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गर्नुभएको छ ।

उनको कार्यशैलीमा प्रश्न उठेपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिन सुझाए पनि राजीनामा नदिएपछि प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन्।

कांग्रेसबाट ऊर्जा राज्यमन्त्री बनेका तामाङ नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्न नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए। पछिल्लो समय आफ्नै मन्त्रालयका‍ सचिव सुरेश आचार्यसँग स्पष्टीकरण मागेका थिए।

त्यतिमात्रै होइन, सिँचाइ विभागको कार्यक्रममा आफूसँग मञ्चमा नबसेको भन्दै उहाँले मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोध्नुभएको थियो । जबकि, सचिवलाई स्पष्टीकरण सोध्ने अधिकार राज्यमन्त्रीलाई हुँदैन ।

मुख्यसचिवले मात्रै सचिवलाई स्पष्टीकरण सोध्नसक्ने व्यवस्था कानूनमा छ । तामाङ २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्री नियुक्त हुनुभएको थियो । नेपाली कांग्रेस रामेछापका सभापति समेत रहेका तामाङ रामेछापबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top