RBN Online खबर

सुर्खेतबाट हिँड्दै काठमाण्डौ आएका बोहोराले भेटे प्रधानमन्त्री लाई ।

असार ०८ काठमाण्डौ – सुर्खेतबाट खाली खुट्टा हिडेर काठमाण्डौ आएका नबराज बोहोरा ले प्रधानमन्त्री केपी शर्मा ओली लाई भेटेका छन्।

आज आइतबार प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री ओली सँग नबराज बोहोराले भेटबार्ता गरेका छन् ।

कर्णालीका सुशासन , विकास,पर्यावरणीय सन्तुलनका मुद्दा उठाएर गत महिना जेठ ४ गतेबाट पैदल यात्रा (खाली खुट्टा ) हिँडेर काठमाण्डौ करिब ३१ दिन मा अर्थात असार महिना को ३ गते पुगेका थिए।

सोहि दिन अर्थात असार ३ गते उनी प्रधानमन्त्रीलाई भेट्न भनी सिंहदरबार को मन्त्रिपरिषद को कार्यालय पुगेका थिए । तर त्योदिन प्रधानमन्त्री व्यस्थ रहेको भन्दै नबराज बोहोराले सचिवालयका सदस्य हरु सँग भेटेर फर्केका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top