२०८२ असार १४ गते
ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका–२ स्थित सतलुङमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ। रामेछाप नगरपालिका–२ देउराली घर भइ हाल मावली घरमा बस्दै आएका ११ वर्षीय हिमाल बसेलको शुक्रबार दिउँसो मृत्यु भएको हो।
हिमाल विगत ७ वर्षदेखि मावली घर लिखु गाउँपालिका–२ सतलुङमा हजुरबुवा टेकबहादुर मिजारसँग बस्दै आएका थिए। दिउँसो घरबाट खेल्न निस्किएका उनी अबेरसम्म नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए। खोजतलासको क्रममा राति करिब ८ बजे घरदेखि करिब २०० मिटर पूर्वतर्फ रहेको सिचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेको अवस्थामा भेटिएको लिखु गाउँपालिकाका वडाध्यक्षले जानकारी दिए।
स्थानीयका अनुसार हिमाल पोखरीमा पौडी खेल्ने क्रममा डुबेका थिए। उनको शव हजुरबुवाले राति मृत अवस्थामा फेला पारेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












