असार २०
काठमाण्डौ – विद्यालय विधिक पास गर्न शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले बैठक बोलाएको छ।
समितिका सभापति अम्बर बहादुर थापाका अनुसार पर्सी आइतबार अर्थात् असार २२ गते समितिको बैठक बोलाइएको छ।
सभापति थापाले भने विषय मिलिसक्यो समितिमा लक भइसक्यो जे त्यो हुबहु पास हुन्छ।
असार १६ मा नै विधेयक पास गर्ने तयारी थियो तर अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक साठी र खुल्ला ४०% गर्नेमा काङ्ग्रेसले फरक मत राखेपछि रोकिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?


