RBN Online खबर

कांग्रेसका सात पूर्व पदाधिकारीको बैठक बस्दै

साउन ५

काठमाडौँ – नेपाली कांग्रेसका सात जना पूर्वपदाधिकारीहरुको बैठक आज बस्न लागेको छ। पार्टीको आन्तरिक स्थिति, आसन्न महाधिवेशनको तयारी र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक आह्वान गरिएको हो।

पूर्वसभापति, पूर्वमहामन्त्री, पूर्वसहमहामन्त्री र पूर्वकोषाध्यक्षसहित सात जना नेताहरूको यो अनौपचारिक बैठकलाई पार्टीभित्रको गुटगत ध्रुवीकरणलाई सम्बोधन गर्ने प्रयासका रूपमा हेरिएको छ।

बैठकमा पार्टीको भावी कार्यदिशा, एकता, र संगठन सुदृढीकरणका विषयमा विशेष जोड दिइने बताइएको छ।बैठकमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, सुजाता कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठलगायत नेताहरू सहभागी हुने बताइएको छ।

यसअघि पनि यी नेताहरूबीच अनौपचारिक भेटघाट हुँदै आएको भएपनि आजको बैठकलाई औपचारिक र निर्णायक तहको छलफलको रूपमा लिइएको छ।नेपाली कांग्रेसले आगामी दिनमा एकता कायम गर्दै महाधिवेशनको तयारीलाई सुदृढ बनाउने लक्ष्य राखेको छ। यस्तो अवस्थामा शीर्ष नेताहरूबीचको सहकार्यले पार्टीको रणनीति निर्धारणमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top