RBN Online खबर

मापदण्ड विपरीत प्रयोग भएका सरकारी गाडी फिर्ता ल्याउने सरकारको निर्णय

साउन ६

काठमाडौँ- सरकारले मापदण्ड विपरीत प्रयोगमा रहेका सरकारी गाडीहरू फिर्ता ल्याउने निर्णय गरेको छ।

हालै बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी सवारीसाधनको दुरुपयोग रोक्न र पारदर्शिता कायम गर्न यस्तो निर्णय लिएको हो।सार्वजनिक पद धारण नगरेका व्यक्तिहरू, निवृत्त अधिकारीहरू तथा आफन्तजनद्वारा प्रयोग भइरहेको भेटिएका गाडीहरू अब सम्बन्धित कार्यालयमार्फत फिर्ता गरिनेछ। यसका लागि गृह मन्त्रालय र यातायात व्यवस्था विभागलाई आवश्यक कार्ययोजना बनाउन निर्देशन दिइएको छ।

सूचनामन्त्रीका अनुसार यो निर्णय सरकारी स्रोतसाधनको उचित उपयोग र अनियमितता नियन्त्रण गर्ने सरकारको प्रयासको एक महत्वपूर्ण कदम हो। गाडी फिर्ता गर्न आनाकानी वा अटेर गर्नेहरूमाथि आवश्यक कारबाहीसमेत गरिने बताइएको छ।सा

थै, आगामी दिनमा सरकारी सवारी साधन प्रयोगमा थप निगरानी र अनुगमन प्रणाली लागू गरिने जानकारी पनि दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top