RBN Online खबर

रामेछाप नगरपालिका–१ गोठगाउँमा वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र वितरण तथा नयाँ दर्ता

२०८२ भदौ १ गते

रामेछाप । रामेछाप नगरपालिका–१, गोठगाउँका स्थानीयवासीलाई वडास्तरमै राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा उपलब्ध गराइएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा सञ्चालन गरिएको दुई दिने शिविर (साउन ३१ र भदौ १ गते) मा नयाँ दर्ता तथा कार्ड वितरण कार्य सम्पन्न गरिएको हो।

शिविरमा नयाँ विवरण संकलनका लागि जम्मा ७२ जनाले सहभागिता जनाएका छन्। तीमध्ये पहिलो दिन (साउन ३१) २१ जना र दोस्रो दिन (भदौ १) ५१ जनाले नाम दर्ता गरेका हुन्। सो अवधिमा १४ जनाले तयार भएको परिचयपत्र पनि प्राप्त गरेका छन्।

गोठगाउँका कार्यवाहक वडाध्यक्ष सन्जित कार्कीले जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई सहजता दिलाउन गाउँमै शिविर ल्याइएको बताए। उनका अनुसार यसअघि यस्तो सेवा लिन जिल्ला प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अब हटेको छ।

कार्यक्रम सञ्चालनका लागि आवश्यक जनशक्ति र प्रविधि जिल्ला प्रशासन कार्यालय रामेछापले उपलब्ध गराएको हो।

रामेछाप नगरपालिकाले आफ्ना नौवटै वडामा क्रमशः शिविर सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ। सोअनुसार वडा नं ६ मा साउन २२ र २३ गते, वडा नं ५ मा २४ र २५ गते, वडा नं ४ मा २६ देखि २८ गते, वडा नं ३ मा २९ र ३० गते, वडा नं १ मा साउन ३१ र भदौ १ गते, वडा नं २ मा भदौ २ र ३ गते, वडा नं ९ मा भदौ ४ र ५ गते र वडा नं ८ मा भदौ ६ देखि ८ गतेसम्म शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top