२०८२ भदौ १ गते
रामेछाप – आइतबार दिउँसो रामेछाप जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ३ बजेर ४३ मिनेटमा रामेछापलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको हो।

स्थानीय बासिन्दाहरूले घर र संरचनामा हल्का कम्पन महसुस गरेको बताएका छन्। अहिलेसम्म मानवीय क्षति वा ठूलो वस्तुसम्पत्तीको क्षति भएको रिपोर्ट प्राप्त भएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?


