RBN Online खबर

जेनजी आन्दोलनमा जेलबाट भागेका सन्तबहादुरले घर फर्केर लिए श्रीमतीको ज्यान

काठमाडौं,असाेज ५ । नख्खु कारागारबाट गत जेनजी आन्दोलनका बेला भागेका एकजना कैदीले घरमा फर्केर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।श्रीमतीको हत्या गरेर घरको करेसामा गाडेका सन्तबहादुर तामाङ फरार भएको प्रहरीले जनाएको छ ।

काभ्रेपलाञ्चाकको पनौती नगरपालिका वडा नम्बर १२ कलाँती स्थित घरको पछाडी करेसामा गाडिएको अवस्थामा श्रीमती जमुनाको शव फेला परेको छ ।३१ वर्षीया जमुना तीन दिनदेखि सम्पर्कमा नआएपछि खोजी गर्दा गाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

तामाङ २४ गते नख्खु कारागारबाट फरार भएर घर आएका थिए । प्रहरीले खोजतलास गरिरहेको भए पनि उनी लुकेर बसिरहेका थिए । जर्बजस्तीकरणी उद्योगमा ३ वर्षे कैद सजाँय भुक्तान गरिरहेका तामाङको कैद अवधि एक महिना मात्रै बाँकी थियो ।

श्रीमती जमुनासँग केही दिनदेखि झगडा गर्दै आएका सन्तबहादुर हत्यापछि फरार भएको स्थानीयले बताए । मृतकका ११ वर्षिय छोरा र ३ वर्षिया छोरी छन् । प्रहरी घटनास्थल पुगिसकेकाले थप विवरण प्राप्त हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top