RBN Online खबर

५ महिनाभित्र महत्वपूर्ण शहरमा नि:शुल्क इन्टरनेट हुनेछ: नवनियुक्त सञ्चारमन्त्री खरेल

काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदिश खरेलले देशका प्रमुख शहरहरुमा निशुल्क इन्टरनेट सुविधा विस्तार गर्ने पहिलो निर्णय गरेका छन् । जेनजी पुस्तालाई हेरेर आफूले यो निर्णय लिएको उनले बताए ।

आज पदभार ग्रहणपछि कर्मचारीले छापाखानासम्वन्धी एउटा निर्णयमा हस्ताक्षरका लागि सञ्चारमन्त्रीलाई लगेका थिए । तर, सञ्चारमन्त्रीले त्यसमा हस्ताक्षर गर्न मानेनन् र अर्को प्रस्ताव बनाउन सचिवलाई आग्रह गरे । त्यसपछि कर्मचारीहरु बसेर फ्रि इन्टरनेट सम्वन्धी प्रस्ताव तयार गरे र मन्त्रीले हस्ताक्षर गरे ।

पदभारग्रहणपछि बोल्दै मन्त्री खरेलले सार्वजनिक स्थलहरुमा दुई महिनाभित्र काठमाडौंका प्रमुख सहरहरुमा नि:शुल्क इन्टरनेट सुविधा दिइने बताए । यस्तै, ५ महिनाभित्र सात प्रदेशका प्रमुख सहरहरुमा फ्रि इन्टरनेट विस्तार गरिने उनको भनाइ छ ।सञ्चार प्रविधि मन्त्रालयका सचिव र दुरसञ्चार प्राविधिकरणका महानिर्देशकसँग छलफल र सहमतिपश्चात यो निर्णय लिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top