RBN Online खबर

जहाँ रविका फाइल, त्यहीँ आन्दोलनकारीको निसाना

असाेज , ७-जेनजी आन्दोलनका क्रममा कास्की जिल्ला अदालतमा पनि आगजनी भयो । आगजनीबाट क्षतिग्रस्त भएपछि अहिले अदालतबाट सेवा दिनै नसक्ने अवस्था छ । अदालतका लगभग सबै भवन जलेका छन् ।भदौ २४ गते आन्दोलनकारी अदालत परिसरमा प्रवेश गर्न थालेपछि कर्मचारीहरू गेटबाट बाहिरिएका थिए । त्यसपछि प्रदर्शनकारीले अदालतका भवनहरूमा आगो झोस्न थालेका अदालतका सूचना अधिकारी रामबहादुर किसानले बताए ।

‘अपराह्न ४ बजेपछि आन्दोलनकारी प्रवेश गरेर फाँट नम्बर ३ मा आगजनी गरे । सुरुमै सहकारीको मुद्दा हेर्ने फाँटमा आगो लागेको छ,’ उनले भने ।यही अदालतबाट सूर्यदर्शन सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित आधा दर्जनभन्दा बढी प्रतिवादी धरौटीमा रिहा भएका थिए । सहकारीका सबै फाइल फाँट नम्बर ३ मा थियो । जिल्लामा मात्रै होइन, उच्च अदालतमा पनि सहकारी सम्बन्धी मुद्दाका फाइल रहेका कोठा जलाइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top