काठमाडौं, असाेज ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक भोलि दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।
मंगलबारबाट केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएपछि बैठक भोलि पुन: बस्ने भएको हो ।आजको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पछिल्लो जेनजी प्रदर्शनका क्रममा नख्खु कारागार पुगेका नेताहरूबारे आपत्ति जनाएका छन् ।
सभापति रवि लामिछाने कारागारबाट छुट्ने भएपछि केन्द्रीय नेताहरूसमेत नख्खु कारागार पुगेका थिए । प्रवक्ता मनिष झाले आगजनीमा संलग्न टोलीलाई उक्साएको भिडियो समेत भाइरल बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?


