RBN Online खबर

जालीले छोपियो क्षतिग्रत सिंहदरबार

काठमाडौं,असाेज ८- जेनजी आन्दोलनको क्रममा आगोले जलेर क्षति पुगेको सिंहदरबार मर्मत गर्नका लागि कम्पाउन्डिङ जालीले छोपिएको छ ।  क्षतिग्रस्त  सि‌ंहदबार धमाधम कम्पाउन्डिङ जालीले छाेपिएकाे हाे ।

भदौ २४ गते आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरेको थियो । आगजनीको कारण भवन क्षतिग्रस्त भएको छ । सि‌ंहदरबारका अधिका‌ंश स‌ंरचना जलेर क्षतिग्रस्त भएकाे छ ।

कहिलेदेखि मर्मत गर्ने अहिलेसम्म टु‌ंगाे लागिसकेकाे छैन ।  आगजनीकै कारण केही भवनहरु प्रयाेग गर्न नमिल्ने  प्राविधिकहरुले बताएका छन्  । यसअघि  सि‌ंहदरबार परिसरमा जलेका सवारीसाधनहरु हटाइएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top