RBN Online खबर

विपिनको रिहाइको माग गर्दै उनकी आमा र बहिनी अमेरिका प्रस्थान

काठमाडौं,असाेज ९- हमासले बन्धक बनाएका विपिन जोशीको आमा र बहिनी उनको सकुशल रिहाइका माग गर्दै अमेरिका प्रस्थान गरेका छन् ।

उनकी बहिनी पुष्पा जोशीले फेसबुकमार्फत आफूहरु दाजु विपिनको रिहाइका लागि ठूलो कदम चालेको बताउँदै यूएसए जान लागेको उल्लेख गरेकी छन् ।

यसअघि इजरायल जाँदा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायले आफूहरुलाई सहयोग गरेको बताउँदै अहिले पनि सहयोग गर्न उनले आह्वान गरेकी छन् ।विपिनको केही समयअघि हमासले बिदाइ तस्बिर भन्दै ४८ जना बन्धकहरुसँगै तस्बिर सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top