RBN Online खबर

कांग्रेस अन्तर महानगर समिति बैठकः भ्रष्टाचारको छानबिन र विशेष महाधिवेशन माग

Global IME bank

नेपाली कांग्रेस अन्तर महानगर कार्यसमितिको चौथो बैठकले बदलिँदो परिस्थिति, जेनजी आन्दोलन र आम नेपालीको जनचाहनाअनुरुप देशमा व्याप्त भ्रष्टाचारको निर्ममतापूर्वक छानबिन गर्नुपर्ने निर्णय गरेको छ । 

ललितपुर महानगर कार्यसमितिका सभापति श्री शुभानन धाख्वाको सभापतित्वमा बुधबार बसेको बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले यस विषयमा तत्काल निर्णय गर्न पनि जोडदार माग गरिएको छ । 

बैठकले आम जनमानस एवम् पार्टी कार्यकर्ताहरूमा नेतृत्वप्रति देखिएको वितृष्णा तथा विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने गरी तत्काल कार्यतालिकासहित नियमित महाधिवेशनको कार्ययोजना २०८२ कात्तिक १३ गतेदेखि सञ्चालन हुने केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गर्न पनि माग गरेको छ । 

Laxmi sunrise bank

पार्टीको नियमित महाधिवेशन समयमै सम्पन्न गर्न सम्भव बनाउनका लागि देशका ६ वटा महानगरपालिका कार्यसमितिले पालिकाहरूसँग समन्वय गरी सहयोग र समन्वय गर्न आफूहरू तत्पर रहेको महानगर सभापतिहरूले घोषणा गरेका छन् ।

महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका निम्नानुसार पेस गरिएको छः 

Nabil bank

१. दुई हप्ताभित्र सम्पूर्ण क्रियाशील सदस्यतासम्बन्धी प्रक्रिया पूरा गर्ने।
२. पहिलो ५ दिनभित्र वडादेखि क्षेत्रस्तरीयसम्मका अधिवेशनहरू सम्पन्न गर्ने।
३. दोस्रो अर्को ५ दिनभित्र जिल्ला र प्रदेशस्तरीय अधिवेशन सम्पन्न गर्ने।
४. तेस्रो ५ दिनभित्र केन्द्रीयस्तरको अधिवेशन सम्पन्न गर्न सम्भव हुने।

माथिका कार्यतालिकाबमोजिम एक महिनाभित्रै महाधिवेशन सम्पन्न गर्न सम्भव भएको हुँदा छ वटै महानगर कार्यसमितिले जोडदार माग गर्ने निर्णय गरेका छन् । 

congress-mahanagar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top