RBN Online खबर

महाधिवेशन कार्यतालिकाबारे कांग्रेस पदाधिकारी बैठकमा मिलेन कुरा

काठमाडौं । महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक निष्कर्षविहीन भएको छ। पार्टीको महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्ने विवाद चर्किएपछि थप छलफलका लागि आज पदाधिकारी बैठक बसेको थियो।

तर, आजको बैठकमा कुनै निष्कर्षमा नपुगेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। उनले नेपाल प्रेससँग भने, ‘छलफल सकारात्मक भएको छ। अहिलेसम्म कुनै निष्कर्षमा पुगेका छैनौँ। केन्द्रीय समिति बैठकबाट साझा धारणा बनाएर जानुपर्छ भन्नेमा जोड एकमत छौँ।’
उनले भोलि दिउँसो १ बजेबाट केन्द्रीय समिति बैठक निरन्तर बस्ने उनले बताए।

हिजो महामन्त्री गगन थापाले पुस १६ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बैठकमा पेस गर्ने अडान लिएका थिए। तर, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति नदिएपछि हिजो बैठक बस्ने नबसी स्थगित गरिएको थियो।

हिजो खड्कासँग भेट्नुअघि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले इतर पक्षका नेता डा. शेखर कोइरालासँग पनि भेटेका थिए।
महामन्त्रीलाई काउन्टर दिन संस्थापन पक्षबाट अर्को कार्यतालिका आउने अवस्था बनेपछि बैठक रोकिएको थियो।

तर संस्थापन पक्षले भने फागुन २१ को चुनावअघि महाधिवेशन गर्न नसक्ने भन्दै वैशाखमा गर्नुपर्ने पक्षमा छन् । कार्यतालिकामा सहमति नजुटेपछि महामन्त्री थापाले बिहीबार पनि बैठक नै बहिस्कार गरेका थिए।

महामन्त्रीहरूले अडान लिइराखे कावा सभापति खड्काले भने केन्द्रीय समितिले बहुमतको आधारमा निर्णय गर्ने जवाफ दिइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top