२०८३ जेठ ३०

पर्वत जिल्ला विहादी गाउँपालिका वडा नं. ३ मा जन्म भई हाल विवाह पश्चात् गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका वडा नं. २ अर्बेनी निवासी २३ वर्षीया बालिका परियार गम्भीर रोगबाट ग्रसित हुनुभएको छ। यम बहादुर दर्जी र सेती दर्जीकी छोरी वर्ष २३ की बालिका विगत केही समयदेखि बोनम्यारो (Bone Marrow) र एप्लास्टिक एनिमिया (Aplastic Anemia) जस्तो जटिल रोगबाट पीडित हुनुभएको हो।
पारिवारिक स्रोतका अनुसार मुखबाट अचानक रगत बग्ने (Gum Bleed Acute) र अत्यधिक चक्कर लाग्ने समस्या देखिएपछि उनलाई सुरुमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, रुपन्देहीमा भर्ना गरिएको थियो। त्यहाँको आइसियू (ICU) मा ४ दिन राखेर ६ पिन्ट PRBC र २० पिन्ट PRP रगत चढाई उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौँको सिभिल अस्पताल (Civil Hospital) मा सारिएको छ। हाल उनको सिभिल अस्पतालमै उपचार भइरहेको छ।
अस्पताल प्रशासन र उपचारमा संलग्न चिकित्सकहरूका अनुसार बालिकाको पूर्ण उपचार र स्वास्थ्य सुधारका लागि अत्यधिक खर्च लाग्ने बताइएको छ। तर, पीडित परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उक्त ठुलो रकम आफैँ जुटाउन सक्ने अवस्था छैन।
यसैबीच, कालिगण्डकी गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय (पुर्तिघाट, गुल्मी) ले पनि बिरामीको अवस्था अत्यन्तै नाजुक रहेको र क्षमता भन्दा बढी रकम लाग्ने देखिएकाले देश तथा विदेशमा रहनुहुने सम्पूर्ण मनकारी महानुभावहरूलाई आर्थिक सहयोग गरिदिनुहुन सिफारिस पत्र मार्फत अपिल गरेको छ।
बिरामीकी आमा सेती दर्जीले भावुक हुँदै छोरीको जीवन रक्षाका लागि देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग सकेको आर्थिक सहयोग गरिदिनुहुन आर्तपुकार गर्नुभएको छ।
सहयोगका लागि बैंकिङ विवरण र सम्पर्क नम्बर:
खातावालाको नाम: सेती दर्जी (Seti Darji)
बैंकको नाम: माछापुच्छ्रे बैंक लिमिटेड (Machhapuchhre Bank Ltd.)
खाता नम्बर: 0971010488300012
सम्पर्क मोबाइल नम्बर (बिरामीकी आमा): 9808412525 / 9713348020


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












