RBN Online खबर

२३ वर्षीया बालिका परियार बोनम्यारो र एप्लास्टिक एनिमिया रोगबाट ग्रसित, उपचारका लागि आर्थिक सहयोगको अपिल

२०८३ जेठ ३०

पर्वत जिल्ला विहादी गाउँपालिका वडा नं. ३ मा जन्म भई हाल विवाह पश्चात् गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका वडा नं. २ अर्बेनी निवासी २३ वर्षीया बालिका परियार गम्भीर रोगबाट ग्रसित हुनुभएको छ। यम बहादुर दर्जी र सेती दर्जीकी छोरी वर्ष २३ की बालिका विगत केही समयदेखि बोनम्यारो (Bone Marrow) र एप्लास्टिक एनिमिया (Aplastic Anemia) जस्तो जटिल रोगबाट पीडित हुनुभएको हो।

​पारिवारिक स्रोतका अनुसार मुखबाट अचानक रगत बग्ने (Gum Bleed Acute) र अत्यधिक चक्कर लाग्ने समस्या देखिएपछि उनलाई सुरुमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, रुपन्देहीमा भर्ना गरिएको थियो। त्यहाँको आइसियू (ICU) मा ४ दिन राखेर ६ पिन्ट PRBC र २० पिन्ट PRP रगत चढाई उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौँको सिभिल अस्पताल (Civil Hospital) मा सारिएको छ। हाल उनको सिभिल अस्पतालमै उपचार भइरहेको छ।

​अस्पताल प्रशासन र उपचारमा संलग्‍न चिकित्सकहरूका अनुसार बालिकाको पूर्ण उपचार र स्वास्थ्य सुधारका लागि अत्यधिक खर्च लाग्ने बताइएको छ। तर, पीडित परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उक्त ठुलो रकम आफैँ जुटाउन सक्ने अवस्था छैन।

​यसैबीच, कालिगण्डकी गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय (पुर्तिघाट, गुल्मी) ले पनि बिरामीको अवस्था अत्यन्तै नाजुक रहेको र क्षमता भन्दा बढी रकम लाग्ने देखिएकाले देश तथा विदेशमा रहनुहुने सम्पूर्ण मनकारी महानुभावहरूलाई आर्थिक सहयोग गरिदिनुहुन सिफारिस पत्र मार्फत अपिल गरेको छ।

​बिरामीकी आमा सेती दर्जीले भावुक हुँदै छोरीको जीवन रक्षाका लागि देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग सकेको आर्थिक सहयोग गरिदिनुहुन आर्तपुकार गर्नुभएको छ।
​सहयोगका लागि बैंकिङ विवरण र सम्पर्क नम्बर:
​खातावालाको नाम: सेती दर्जी (Seti Darji)
​बैंकको नाम: माछापुच्छ्रे बैंक लिमिटेड (Machhapuchhre Bank Ltd.)
​खाता नम्बर: 0971010488300012
​सम्पर्क मोबाइल नम्बर (बिरामीकी आमा): 9808412525 / 9713348020

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top